०८ असार २०८३, सोमबार

'चेहरे' फिल्ममा विवादास्पद अभिनेत्री रिया चक्रवर्ती पनि देखिने, ट्रेलर सार्वजनिक (भिडियो)

चैत ५, २०७७
'चेहरे' फिल्ममा विवादास्पद अभिनेत्री रिया चक्रवर्ती पनि देखिने, ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड फिल्म चेहरेको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । फिल्म अप्रिल ३० मा सिनेमाहलमा रिलीज गरिनेछ । 

अमिताभ बच्चन र इमरान हाशमीको मुख्य भूमिका रहेको फिल्मको पहिलो पोस्टर र टीजर जारी गर्दा रिया चक्रवर्ती देखिएकी थिइनन् । 

सुशान्त सिंह राजपूतको मृत्युको विषयमा उठेको विवादमा फसेकी रियाको भूमिका हटाइएको हो कि उनलाई रिप्लेस गरिएको हो कि भनी अनुमान चलिरहेको थियो । 

तर ट्रेलरमा रिया देखिएपछि उनको भूमिका यथावत रहेको पाइएको छ भलै ट्रेलरमा उनी एकैछिनमा बिलाउँछिन् । 
 

ट्रेलरभरि बच्चन र हाशमीबीच वकिल र अपराधीको रूपमा गरिएको संवादलाई महत्त्वपूर्ण मानिएको छ । 

रूमी जाफरीको लेखन तथा निर्देशनमा बनेको फिल्म मर्डर मिस्ट्री हो । यसमा सस्पेन्स र थ्रिलरलाई कायम राख्ने जिम्मेवारी बच्चन र हाशमीलाई दिइएको छ । 

फिल्म चेहरेमा रियाको भूमिका नघटाइएको र पहिला जति थियो त्यति नै रहेको बताइएको छ । 

रिया सन् २०१८ मा फिल्म जलेबीमा नायिकाको रूपमा अन्तिमपटक देखिएकी थिइन् । सुशान्तको मृत्युको विवाद तथा लागूऔषध मामिलामा फसेकी रिया जेलबाट निस्केपछिको यो पहिलो फिल्म हो ।

salt training

कमेन्ट गर्नुहोस्