×

NMB BANK
NIC ASIA

विकासमा विलम्ब

चाबहिल-साँखु सडकको बेहाल : ११ किमीमा ४ ठेकेदार, ५ वर्षमा ७० प्रतिशत मात्र भौतिक प्रगति !

४५० जनालाई ५८ करोडभन्दा बढी मुआब्जा, १४ जना भए विस्थापित

चैत ५, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं उपत्यकाको चाबहिल-जोरपाटी-बागमती-साँखु सडकको ठेक्का सम्झौता भएको ५ वर्षभन्दा बढी समय बिते पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

Muktinath Bank

२०७२ सालमा नै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्डको ठेक्का लगाएको थियो । पटक-पटक म्याद थपिए पनि सडक निर्माणको भौतिक प्रगति भने हालसम्म जम्मा ७० प्रतिशत रहेको देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सडक निर्माणको काम समयमै सम्पन्न गर्न दबाबसहित विगतमा तत्कालीन नेकपा हाल एमालेका प्रभावशाली नेता एवं काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल पटक-पटक स्थलगत निरीक्षणमा गएका थिए ।


Advertisment
Nabil box
Kumari

फाइल फोटो

Vianet communication
Laxmi Bank

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठलाई समेत स्थलगत निरीक्षणमा लगेर नेता नेपालले काम छिटोभन्दा छिटो सम्पन्न गराउन आग्रह गरेका थिए। तर उक्त सडक खण्डको भौतिक प्रगति निकै सुस्त छ ।

११ किलोमिटर सडक निर्माणका लागि विभिन्न चारवटा निर्माण कम्पनीसँग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ साल असोज १३ गते सम्झौता गरेको थियो।

पटक-पटक म्याद थप र कुल ९७ करोड १७ लाख १७ हजार रूपैयाँ भुक्तानी भइसके पनि सडकको काम कहिले सकिने भन्ने निधो समेत हुन सकेको छैन ।

१ अर्ब ५६ करोड ३९ लाख ६७ हजार रूपैयाँको लागतको उक्त सडक खण्ड २०७६ चैत ३० गते सम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। आयोजनाले सडक खण्डलाई चार भागमा विभाजन गरी ठेक्का लगाएको थियो ।

युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि., वज्रगुरु/च्याङ्मिला/खानी जे.भी., वज्रगुरु/बिरुवा/खानी जे.भी र बी.टी/सुनकोशी/वर्ल्डवाइड जे.भीसहित चार निर्माण कम्पनीसँग छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो।

तीन/तीन किलोमिटर सडक निर्माणका लागि ती चार कम्पनीसँग सम्झौता भएको थियो। ५ वर्षमा तीन किलोमिटर सडक समेत निर्माण सम्पन्न नहुनुको प्रमुख कारण साइट क्लियरेन्स नहुनु नै रहेको निर्माण कम्पनीका प्रतिनिधिहरू बताउने गर्छन् ।

आयोजनाका सूचना अधिकारी अशोककुमार राय यादवका अनुसार ती सडक खण्डमा स्थानीयले सडक विस्तारका क्रममा क्षतिपूर्ति तथा मुआब्जा वितरणको बखेडा झिक्नुका साथै कतिपयले अदालतमा मुद्दा गरेर समेत अवरोध उत्पन्न गरेका कारण सडक निर्माणको कामले गति लिन सकेको छैन ।

'उक्त सडक खण्डका धेरैजसो स्थानीयले घर आफैं भत्काएका कारण घर तथा जग्गाको क्षतिपूर्ति तथा मुआब्जा समेत पाए,' यादवले लोकान्तरसँग भने, 'न त घर भत्काउँछौं, न त क्षतिपूर्ति नै लिन्छौं भनेर अवरोध उत्पन्न गरेका कारण निर्माणको काम सम्पन्न हुन सकेको छैन।'

गत वर्ष कोभिड महामारीका कारण समेत निर्माण कम्पनीलाई आवश्यक पर्ने निर्माण सामग्री आपूर्ति नहुँदा समेत समस्या भएको उनले बताए।

पटक-पटक म्याद थप भइसके पनि ती निर्माण कम्पनीलाई अन्तिमपटक म्याद थपिदिने प्रक्रिया अघि बढेको उनले बताए ।

४५० जनालाई ५८ करोडभन्दा बढी मुआब्जा दिइयो, १४ जना भए विस्थापित

उक्त सडक खण्डमा काठमाडौं उपत्यका विकास प्राधिकरणले हालसम्म कुल ५ सय ४० जना घरधनीलाई घर जग्गाबापत मुआब्जा तथा क्षतिपूर्ति समेत दिएको छ। प्राधिकरणका प्रवक्ता घनश्याम पौडेलका अनुसार उक्त सडक खण्डमा कुल ४ सय ५० जना घरधनीलाई ५८ करोड २१ लाख ८० हजार १२६ रूपैयाँ मुआब्जा बापत प्राधिकरणले क्षतिपूर्ति समेत प्रदान गरेको छ।

आर्थिक वर्ष २०७३/०७४ मा २९ घरजग्गाधनीलाई ३ करोड ५ लाख ४० हजार ८ सय ६० रूपैयाँ, आर्थिक वर्ष २०७४/०७५ मा ३ सय २० घरजग्गाधनीलाई ३२ करोड २१ लाख १६ हजार ५ सय ४५ रूपैयाँ, आर्थिक वर्ष २०७५/०७६ मा १ सय ३० घरधनीलाई १३ करोड ९८ लाख ८ हजार ८ सय ९४ रूपैयाँ मुआब्जाबापत क्षतिपूर्ति रकम दिइएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा समेत ४७ जनालाई ५ करोड ८१ लाख ८८ हजार ८ सय २७ रूपैयाँ दिइएको छ।

२० मिटर चौडाइसहित फराकिलो पारिएको उक्त सडक विस्तारका क्रममा १४ जना घरधनीको घर तथा जग्गा सडकमा परेर विस्थापित नै भएका छन्। विस्थापित भएका १४ जनालाई प्राधिकरणले कुल ३ करोड १५ लाख २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएको छ। विस्थापितलाई उनीहरूको क्षतिको मूल्यांकन गरी त्यसैअनुसार मुआब्जा दिइएको हो ।

'कागेश्वरी मनोहरा नगरपालिका तथा शंखरापुर नगरपालिकाका १४ जनाले उक्त सडक खण्डमा छाप्रो तथा घर समेत बनाउनुभएको थियो,' प्रवक्ता पौडेलले लोकान्तरसँग भने, 'सडक विस्तारका क्रममा उहाँहरूको भएभरको जग्गा तथा घरसमेत परेर विस्थापित नै भएका कारण उहाँहरूलाई प्राधिकरणले मुआब्जासहित क्षतिपूर्ति रकम समेत दिएको छ।'

विस्थापित नै भएकामध्ये कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ का हरेराम थापालाई ८० लाख रूपैयाँ, जमुना देवी मानन्धरलाई १० लाख रूपैयाँ, इन्दिरा पौडेललाई ६० लाख रूपैयाँ, शिवबहादुर खडकालाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ।

त्यसैगरी विस्थापित भएका सोही नगरपालिकाका कालु पतुवारलाई ३० लाख, छलदेवी खड्कीलाई ५ लाख, राजेन्द्र शाहीलाई ३ लाख ७५ हजार, लक्ष्मीभक्त श्रेष्ठलाई २० लाख, ललितबहादुर खड्कालाई ३ लाख ७५ हजार रूपैयाँ क्षतिपूर्ति दिइएको छ।

त्यसैगरी विस्थापित भएका शंखरापुर नगरपालिका वडा नम्बर ९ की गायत्री थापालाई २ लाख ६२ हजार ५ सय, किशोर कुमार थापालाई २ लाख ६२ हजार ५ सय, परशुराम खड्कालाई ३८ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति दिइएको छ। त्यसैगरी सोही नगरपालिकाका कृष्णमाया श्रेष्ठलाई १० लाख ५० हजार, सन्तलाल शाहीलाई ३८ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति दिइएको छ।

उक्त सडक खण्डमा एकातर्फ कसैले मुआब्जासहित क्षतिपूर्ति पाए भने कोही विस्थापित नै हुनुपर्ने अवस्था आएपछि क्षतिपूर्ति पाए । तर केहीले घर नभत्काउने भनेर अडान कायम राखिरहँदा उनीहरूको घर नै नभत्किने गरी सडक निर्माणको काम अगाडि बढेको छ।

'अब जहाँ घर भत्किएको छैन, त्यसलाई नभत्काएर उपलब्ध भएकै चौडाईमा सडक निर्माणको काम अगाडि बढाउने भनेर मन्त्रिपरिषद्बाट नै कतिपय सडकका लागि निर्णय भइसकेको छ,' काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी यादवले भने, 'जुन ठाउँमा सडक फराकिलो भएर २० मिटर भयो त्यहाँ २० मिटर चौडाईमा नै सडक निर्माण हुन्छ । जहाँ १४ मिटर, १२ मिटर वा १० मिटर जे जति अहिलेको अवस्थामा सडकको चौडाई छ, त्यसै अनुसार सडक निर्माणको काम सकाउने गरी सरकारले निर्णय गरेको हुँदा अब सडक विस्तार नै नगरेर पनि सडक निर्माणको काम अगाडि बढेको छ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x