१० साउन २०८३, आइतबार

मञ्च भत्किएर कांग्रेस नेताहरु लडेपछि..., एक नेत्रीको खुट्टै भाँचियो

कात्तिक २०, २०७४
मञ्च भत्किएर  कांग्रेस नेताहरु लडेपछि..., एक नेत्रीको खुट्टै भाँचियो
काठमाडौं, १२ पुस – सोमाबर दिउँसो सवा ३ बजेको थियो - कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च भत्कियो ।congress leader
आजको अन्नपूर्ण पोस्टमा खबर छ - भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादेलगायत ५० जना भन्दा बढी नेता कार्यकर्ता बसेको मञ्च पूरै भत्किएपछि नेताहरु भुँइमा पछारिए ।
मञ्च भत्किँदा नेपाली कांग्रेस धादिङकी महिला नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको छ । मञ्च भत्किएपछि केहीबेर कार्यक्रमस्थलमा खैलाबैला मच्चिएको थियो । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीले भने,'फलामको डण्डी प्रयोग गरेर बनाइएको मञ्चका किलाहरु राम्रोसँग नकसिएको र भिरालो ठाउँमा मञ्च बनाइएकाले भत्कियो ।'

salt training

कमेन्ट गर्नुहोस्