बहुचर्चित धारावाहिक रामायणमा भगवान् रामको भूमिका निर्वाह गर्ने अभिनेता अरुण गोविल बिहीवार भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
गोविलले दिल्लीस्थित कार्यालयमा पार्टी प्रवेश गरेका हुन् ।
चारवटा राज्य र पुडुचेरी केन्द्रशासित प्रदेशमा निर्वाचन आउनै लाग्दा उनी भाजपा प्रवेश गरेका हुन् ।