३२ असार २०८३, बिहीबार

वाईसीएल ब्युँतियो, जेठ २८–३० गते राष्ट्रिय भेला हुने

वाईसीएल ब्युँतियो, जेठ २८–३० गते राष्ट्रिय भेला हुने

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आगामी जेठ २८–३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

सर्वोच्च अदालतले माउ पार्टी ब्युँताएपछि काठमाडौंमा चैत्र ४–५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले भेला गर्ने निर्णय गरेको हो । 

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाईसीएलका सचिव पुष्प ओलीले बताए ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेलाहरू आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरू प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए । 

बैठकले राष्ट्रिय भेलाअगावै २ लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्