१० असार २०८३, बुधबार

बाँकेमा ५४६ जना फरार अभियुक्त पक्राउ

चैत ५, २०७७
बाँकेमा ५४६ जना फरार अभियुक्त पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

बुधवार मात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा २ महिनाको सजाय सुनाएपछि उनी फरार थिए ।

प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार यो अवधिमा १०० जति अभियुक्तले अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् ।

भारतमा लुकेर बसेका केही व्यक्तिलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीको बाँकेमा १ हजार यस्ता फरार अभियुक्त पक्राउ गर्ने योजना छ ।

पक्राउ पर्ने फरार अभियुक्तमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपिट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाह लगायतका घटनामा संलग्न व्यक्ति रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
 
फरार अभियुक्त पक्राउसँगै लागूऔषध, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणलाई पनि प्राथमिकताका साथ राखिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । भारतसँगको खुला सीमा जोडिएको हुँदा हुनसक्ने सीमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रहरी सक्रियता रहेको रानाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्