बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर ट्रोलको शिकार बनेकी छन् । आफैंले लगाएको पहिरनलाई लिएर प्रियंका ट्रोलको शिकार बन्नुपरेको हो ।
उनले एक कार्यक्रमका लागि गिंगम ड्रेस लगाएकी थिइन् । पँहेलो र कालो कलरको डो डेस निकै खुल्ला छ । प्रियंका यस पहिरनमा निकै खुलेकी छन् ।
उनले लगाएको यसै पहिरनलाई लिएर उनका फ्यानहरूबाटै उनी ट्रोल बनेकी हुन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको कपडालाई लुंगीसँग तुलना गरेका छन् ।
