०५ साउन २०८३, मंगलबार

राजनीतिमा फर्किन्छु भन्दै महान्यायाधिवक्ता अग्नि खरेलले गरे राजीनामा

राजनीतिमा फर्किन्छु भन्दै महान्यायाधिवक्ता अग्नि खरेलले गरे राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रवार राजीनामा गरेका छन् ।

खरेलले शुक्रवार पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

'सम्माननीय प्रधानमन्त्रीसँग भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु,' खरेलले पत्रकार सम्मेलनमा भने ।

पत्रकार सम्मेलनमा खरेलले अब आफू राजनीतिमा फर्किने बताए ।

खरेललाई २०७४ मा फागुन ८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

यसअघि फागुन ११ गते पनि उनले राजीनामा दिएको हल्ला चलेको थियो । 

पत्रकार सम्मेलनमा खरेलले त्यो प्रसंगलाई पनि सम्झिए ।

'आज मैले तपाईंहरूको इच्छा पूरा गर्देको छु । मेरो बारेमा केही कुरा लेख्दा मलाई सोध्या भए हुन्थ्यो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्