३२ असार २०८३, बिहीबार

संसदमा कांग्रेसको प्रश्न– प्रतिनिधि सभा पुनःस्थापनापछि नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?

संसदमा कांग्रेसको प्रश्न– प्रतिनिधि सभा पुनःस्थापनापछि नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको सम्बन्धमा सरकारको नैतिक उत्तरदायित्वको प्रश्न उठाएको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट अधिवेशन आह्वान मन्तव्य राख्दै कांग्रेस प्रमुख सचेत बालकृष्ण खाणले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् । 

‘संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन गरेर यति ठूलो असंवैधानिक कदम चालिसकेपछि, सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेपछि सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन ?’ खाणले भने, ‘असंवैधानिक कदम भनेर न्यायपालिकाले निर्णय गरिसकेपछि, सरकारको निर्णय खारेज गरिसकेपछि संविधानवादको पालना गर्छौं भन्ने सरकारले गल्ती महशुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ?’ 

कांग्रेस नेता खाणले सरकारले भूमिगत शैलीमा प्रतिनिधि सभाको अधिवेशन नै अन्त्य गरिदिएको आरोप लगाए । कोरोनाकालमा सर्वसाधारण जनता पैदल हिँड्दै घर फर्केको समयमा सरकारले सदनमा छलफल गर्न समेत नदिएको आरोप उनले लगाए ।

खाणले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि मिलेर अगाडि बढाउनु पर्नेमा सरकारले विधेयक नल्याएर अत्तो थापेको आरोप लगाए ।  

salt training

कमेन्ट गर्नुहोस्