२२ असार २०८३, सोमबार

गोरखनाथ मठका महन्त कसरी बने हिन्दूत्वका मुखर आवाज ?

चैत ६, २०७७
गोरखनाथ मठका महन्त कसरी बने हिन्दूत्वका मुखर आवाज ?

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू हिन्दू भएको र हिन्दू भएकोमा गर्वको अनुभूति हुने भनी सन् २०१८ मा बताएका थिए । 

उनको यस बयानलाई विरोधी दलहरूले आलोचना गरेका थिए र मुख्यमन्त्रीको हैसियतमा उनले यसो भन्न नपाउने बताएका थिए । 

योगीले पछि बयानको सफाइ दिएनन् । मुख्यमन्त्री बन्नुअघि उनी हिन्दूत्वको पोस्टर बोय थिए र अहिले पनि कायम छन् । उनी मुख्यमन्त्रीका रूपमा पूजापाठ र धार्मिक आयोजनमा सहभागी बनेकोमा पनि प्रश्न उठाइयो तर उनले सफाइ दिएनन् । 

योगीको फायरब्रान्ड छवि उत्तर प्रदेशमा मात्र नभई देशभरि कायम रह्यो । भारतीय जनता पार्टीले विभिन्न राज्यमा चुनाव प्रचारका लागि खटाइने एक मात्र मुख्यमन्त्री योगी आदित्यनाथ हुन् । 

पार्टीले यसबाट फाइदा पनि उठाएको छ । उनी आक्रामक राजनीतिमा सफल भइरहँदा पार्टीभित्र उनको लोकप्रियता बढिरहेको छ । 

चार वर्ष मुख्यमन्त्री छँदा योगी दुई दर्जनभन्दा धेरैपटक अयोध्या पुगिसकेका छन् । राम मन्दिर निर्माणको तयारीमा पनि उनी सक्रिय रूपमा सहभागी छन् । 

गोरखनाथ मठको महन्तका रूपमा पनि उनी धार्मिक आयोजनहरू गरिरहेका हुन्छन् । 

एक मन्त्रीले भगवा वस्त्रमा योगीको आभा र हिन्दूत्व विचारधाराका विषयमा उनको दृष्टिकोणले उनलाई लोकप्रिय बनाएको बताए । अहिले स्थिति यस्तो छ कि योगीलाई कमजोर बनाउने प्रयास हिन्दूत्वको छविमै आघात पुग्नेछ । 

योगीको आगामी परीक्षा सन् २०२२ मा हुने विधानसभा निर्वाचनमा हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्