२७ असार २०८३, शनिबार

पाकिस्तानका सेनाप्रमुख किन गर्दैछन् भारतसँग शान्तिको अपील ?

चैत ६, २०७७
पाकिस्तानका सेनाप्रमुख किन गर्दैछन् भारतसँग शान्तिको अपील ?

पाकिस्तानका सेनाप्रमुख जनरल कमर जावेद बाजवाले भारत र पाकिस्तानको सम्बन्ध बलियो बनेमा पूर्वी र पश्चिमी एसियाबीच सम्पर्क सुनिश्चित हुने अनि दक्षिण र मध्य एसियाको क्षमता उजागर हुने बताएका छन् । 

आणविक क्षमता भएका दुई देशबीच विवादका कारण यो अवसर बन्धक बनेको उनको भनाइ छ । कश्मीर विवाद यस मुद्दाको केन्द्रका रूपमा रहेको छ । 

इस्लामाबादमा सुरक्षा वार्ता कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘कश्मीर समस्या समाधान नभएसम्म भारतीय उपमहाद्वीपमा शान्तिको सपना पूरा हुने छैन । अतीतलाई भुलेर अघि बढ्ने समय आएको छ ।’

अहिले भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता छ । त्यसपछि बाजवाले भारतसँग कुराकानीको प्रस्ताव गरेका छन् ।

वरिष्ठ पत्रकार तथा विश्लेषक जाहिद हुसैनले भने, ‘सेनाप्रमुखले सकारात्मक दृष्टिकोण अपनाएका छन् र आर्थिक विकास महत्त्वपूर्ण भएको बताएका छन् । यस क्षेत्रमा शान्ति आवश्यक छ । तनाव बढाउनुको साटो घटाउन र यस क्षेत्रमा आर्थिक विकास गर्नका लागि यो सकारात्मक दृष्टिकोण हो ।’

रक्षा विश्लेषक डा आयशा सिद्दीकाका अनुसार, सेनाप्रमुखको प्रस्ताव आर्थिक कारणले आएको हो । शान्ति बहालीको प्रक्रिया अघि बढाइएन र स्थिरता आएन भने आफूहरू सडकमा आइपुग्ने भय पाकिस्तानको संस्थापन पक्षलाई छ । 

पाकिस्तानले हिन्द–प्रशान्त रणनीतिलाई गम्भीरतापूर्वक नलिएको उनले बताइन् । यस योजनामा नेपाल, श्रीलंका, भुटान र भारत संलग्न रहेको अनि पाकिस्तान चीनको पक्षमा भएकाले उल्लेखै नगरिएको उनको भनाइ छ । चीनबाट पाकिस्तानलाई फाइदा नभएको उनी बताउँछिन् । 

salt training

कमेन्ट गर्नुहोस्