प्रधान सेनापति पूर्णचन्द्र थापा र अष्ट्रेलियाका नवनियुक्त राजदूत Felicity Volk बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।