२० असार २०८३, शनिबार

प्रचण्डलाई १० महिनासम्म असहयोग गर्ने ओली एकाएक किन बदलिए ?

कात्तिक २०, २०७४
प्रचण्डलाई १० महिनासम्म असहयोग गर्ने ओली एकाएक किन बदलिए ?
काठमाडौँ, १० जेठ -प्रधानमन्त्री पुष्पकमल दाहालका दस महिने सत्ता अवधिभरि असहयोग गरेको प्रतिपक्षी एमाले घुमाउरो ढंगले किन अन्तिम घडीमा उनलाई राखिराख्ने रणनीतिमा पुग्यो ? मंगलबार दिनभरि संसद परिसरको मुख्य चासो यसै वरिपरि केन्द्रित थियो ।KP Oli (2)

ओली तिनै नेता हुन्, जसले दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको ‘षड्यन्त्र’ आफू सत्ताबाट बाहिरिएको भन्दै निरन्तर आक्रमणरत थिए । पछिल्ला केही दिनयता उनी त्यो तीर देउवातिर मात्रै सोझ्याइरहेका छन्, अनि दाहालसँग नरम नीति अख्तियार गरेका छन् ।

यस बीचमा देउवाले सत्ताका लागि जति हतारो देखाए, प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओली उनलाई उनलाई रोक्न र दाहाललाई राखिराख्न त्यति नै तल्लिन देखिन्छन् । बुधबार एमालेले संसद चल्न नदिनुका पछि आवरणमा स्थानीय तहको संख्या थप गर्ने निर्णय भएपनि भित्री पाटो सत्ताको रस्साकस्सी नै मुख्य कारण देखियो । एमाले दोस्रो चरणको चुनावअघि सरकार बदल्नु उचित नहुने भन्दै देउवा रोक्ने चाहनामा छ, जसलाई अध्यक्ष ओली आफैले मंगलबार दिउसो पत्रकार सम्मेलनमार्फत प्रष्टै राखे । एकातिर एमालेले चुनावका बेला सत्ता परिवर्तनले राम्रो सन्देश नजाने ठहरमा छ, अर्कातिर देउवा प्रधानमन्त्री बनेमा दोस्रो चरणको चुनावी मनोविज्ञानलाई असर पार्ने बुझाई एमालेभित्र देखिन्छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।

कांग्रेस नेता एवं परराष्ट्र मन्त्री प्रकाशरणशरण महत चुनावलाई प्रभाव पार्ने उद्देश्य भन्दा पनि बर्तमान कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काएर एमाले गठबन्धनमा सरकार बनाउन सकिन्छ कि भन्ने उद्देश्य एमाले अध्यक्ष ओलीमा देखिएको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्