
धादिङमा एक्स्काभेटरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुररे भागेको आरोपमा २२ वर्षीय जीवन भन्ने भीमबहादुर बुढाथोकी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको बताएको छ । भारतीय प्रहरीले भने बुढाथोकीलाई हरिद्वारबाट पक्राउ गरी गड्डाचौकीमा ल्याएर सीआईबीको जिम्मा लगाएको स्रोतको भनाइ छ ।
गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१ खोल्सीमा सडक मर्मत गर्ने क्रममा थुप्रिएको माटो पन्छाउँदा एक्स्काभेटरको ठक्करबाट ४० वर्षीया सरस्वती कुमाल घाइते भएकी थिइन्। उनलाई सल्यान छाया क्षेत्र घर भएका चालक बुढाथोकीले त्यतिबेलै पुररे भागेका थिए । बुढाथोकीलाई शुक्रबार प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरको हो । कान्तिपुरमा खबर छ ।