२८ जेठ २०८३, बिहीबार

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै
फाइल तस्वीर

नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। 

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो । 

यसैगरी केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्