३० जेठ २०८३, शनिबार

नमूना पुस्तकालय बनाइँदै

चैत ७, २०७७
नमूना पुस्तकालय बनाइँदै
फाइल तस्वीर

स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ ।

पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।
 
भूकम्पबाट क्षति भएको पुरानो भवन हटाए शान्ति भोलन्टियर एशोसिएशन नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
बालकदेखि प्रौढमैत्री कक्षको कल्पना गरी निर्माण गर्न लागिएको उक्त  पुस्तकालय भवन सबै उमेर समूहका पाठकको रोजाइ सिकाइ गन्तव्य मातृभूमि हुनेछ ।
 
भवन निर्माण सम्झौता कार्यक्रममा अध्यक्ष पाण्डेयले अग्रजको मेहनत र पसिनाको जगमा जन्मेको संस्थाको अत्याधुनिक भवन सञ्चालनमा ल्याई स्थानीय समुदायको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने अठोट व्यक्त गरे। रिड नेपाल सदस्य मैनालीले भवन समयमै निर्माण सम्पन्न भई दीर्घकालीनरुपमा पुस्तकालय सञ्चानल हुनेमा  ढुक्क रहेको बताए।

करिब आठ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचनासञ्चार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामुदायिक सभाहल हुनेछन् । रु एक करोड १९ लाख लागत अनुमान गरिएको  पुस्तकालय भवनका लागि रिड नेपालको तर्फबाट रु एक करोड १५ लाख योगदान हुनेछ ।

रिड नेपाल मुलुकमा पुस्तकालय र पठन संस्कृतिको विकासमा सक्रिय राष्ट्रियस्तरको अग्रणी संस्था हो । उक्त संस्थाले बितेका ३० वर्षमा नेपालका ४३ जिल्लाका ६९ स्थानमा पुस्तकालय बनाइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्