×

NMB BANK
NIC ASIA

तनहुँ जलविद्युत् आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति प्रदान

चैत ७, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

Muktinath Bank

आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत स्थानीय वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरूआत गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई १ लाख ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिए । उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिएको शर्माले बताए ।

Vianet communication

मापदण्ड बनाएर विद्यार्थी छनोट गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइएको छ । ‘छात्रवृत्ति प्रदानका लागि एउटा मापदण्ड बनाएका छौं, प्रभावितमध्ये पनि विपन्न, जेहेन्दार विद्यार्थी हुनुपर्छ,’ शर्माले भने, ‘सोही मापदण्डभित्र रहेर विद्यालयले नै विद्यार्थी छनोट गर्नेछ ।’

आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । विद्युत् सेवा नपुगेका ग्रामीण भेगहरूमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । 

भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ । आयोजनाले फागुन दोस्रो हप्तादेखि भीमाद नगरपालिका–५ मा प्रभावित समुदायलाई सिलाइ कटाइ तालिम समेत सञ्चालन गरिरहेको छ ।

आयोजनाले प्रभाव पारेको व्यास नगरपालिका, भीमाद नगरपालिका ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका १ हजार जनाका लागि सीपमूलक तालिम सञ्चालन गरिने छ । त्यसमध्ये पहिलो चरणमा भीमाद–५, म्याग्दे–५ र ऋषिङ–५ का २० जनाको सहभागिता छ । तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x