३२ असार २०८३, बिहीबार

एमाले संसदीय दलको बोर्डमार्फत खनाल–नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिने

एमाले संसदीय दलको बोर्डमार्फत खनाल–नेपाल समूहका नेतालाई स्पष्टीकरण सोधिने

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत गरेका छन् । 

प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताए ।

गुटगत भेला गरेका केही नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एक सांसदले लोकान्तरलाई जानकारी दिए ।

बैठकपछि सांसद शेरबहादुर तामाङले संसदीय बोर्डमार्फत पार्टीभित्र गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । ‘बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको छ,’ तामाङले भने, ‘पार्टीका सबै सदस्यले वैयक्तित रूपमा गतिविधि गर्न पाउँछ, समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न पाइने छैन ।’

संसदीय बोर्ड बस्ने समय भने अझै तोएिको छैन । बिहीवारको बैठकमा ओलीले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेका थिए । 

प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा ओलीले कुनै गुटको नभई व्यक्तिगत रूपमा मात्र कुरा सुन्ने बताएका जानकारी दिए । ‘संसदीय दलको नेताले वैयक्तिक रूपमा उठाउन आउने कुरा सुन्छु, गुटगत रूपमा कुनै कुरा सुन्दिनँ भन्नुभएको छ । स्पष्ट रूपमा संस्थागत रूपमा गुटको अस्तित्व स्वीकार्य हुँदैन भन्नुभएको छ,’ भट्टराईले भने ।

संसदीय बोर्ड २९ सदस्यीय बनाउने व्यवस्थासहित संसदीय दलको बैठकले विधान पारित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्