२३ जेठ २०८३, शनिबार

रिहा भए ४० वर्ष जेल बस्न बाध्य दुर्गाप्रसाद

चैत ७, २०७७
रिहा भए ४० वर्ष जेल बस्न बाध्य दुर्गाप्रसाद

कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइहेका दुर्गाप्रसाद रिहा भएका हुन् ।

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली  महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए ।

चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन् । विसं २०३७ मा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्थे । उनलाई हत्या अभियोगमा पक्राउ गरिएपनि मुद्दाको कुनै सुनुवाइ भएको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्