१६ असार २०८३, मंगलबार

पूर्वसभामुख ढुंगानाको प्रश्न : प्रतिनिधि सभामा प्रधानमन्त्री र प्रतिपक्षका नेता दुवै किन चुप ?

पूर्वसभामुख ढुंगानाको प्रश्न : प्रतिनिधि सभामा प्रधानमन्त्री र प्रतिपक्षका नेता दुवै किन चुप ?

पूर्व सभामुख दमननाथ ढुंगानाले पुनःस्थापित प्रतिनिधि सभामा प्रधानमन्त्री र प्रतिपक्षका नेताहरू चुप बसेको भन्दै टिप्पणी गरेका छन् । 

शनिवार राति एक ट्वीट गर्दै उनले संसदमा बोलेको जनतासँग बोलेको मानिने भएपनि उनीहरू दुवै किन चुप भनी प्रश्न गरेका छन् । 

उनले भने, संसदमा बोलेको जनतासँग बोलेको मानिन्छ। राष्ट्रलाई गरिएको सबभन्दा आधिकारिक संवोधन मानिन्छ। अदालतको आदेशबाट पुनर्जन्म पाएको प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रतिपक्षका नेताको समसामयिक विषयमा कथन पेश गर्नै पर्ने हो। प्राथमिकतासाथ बोल्नैपर्ने हो। दुबै चुप किन हो ?

salt training

कमेन्ट गर्नुहोस्