२४ जेठ २०८३, आइतबार

कतारले कामदारको न्यूनतम तलब ३० हजार रुपैयाँ तोक्यो

चैत ८, २०७७
कतारले कामदारको न्यूनतम तलब ३० हजार रुपैयाँ तोक्यो

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो। प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झन्डै ३० हजार रुपैयाँ) तोकेको थियो। यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रूपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो। यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिई जाने सबैको हकमा लागू हुनेछ । कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउनेसुविधा निर्धारण गरेको  हो। अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ तर खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलबमात्रै दिए पुग्छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्