२३ जेठ २०८३, शनिबार

अस्ट्रेलियामा भीषण बाढीको प्रकोप

चैत ८, २०७७
अस्ट्रेलियामा भीषण बाढीको प्रकोप

अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्सका विशाल भूभागमा अविरल वर्षाका कारण बाढी आएर हजारौं मानिस भाग्न बाध्य भएपछि प्राकृतिक विपतको घोषणा गरेको छ । 

गत बिहीवारदेखि निरन्तर पानी परिरहँदा धेरै गाउँबस्तीहरू डुबेका छन् । शनिवार एक ठूलै बाँधमा पानी बढी भएर ओभरफ्लो भएपछि नदीको जलस्तर झनै बढेको छ र बाढी आएको छ । 
 

न्यु साउथ वेल्स सरकार र संघीय सरकारले सिड्नी नजिकको हन्टर भ्यालीदेखि कोफ्स हार्बरसम्म १६ वटा प्राकृतिक विपत घोषणाहरू गरेको न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री डेभिड इलियटले आइतवार सञ्चारकर्मीहरूलाई बताए । 

अहिलेसम्म मृत्युको खबर नआएको तर हताहतीको प्रबल सम्भावना रहेको उनले बताए । 

नदीको जलस्तर खतरनाक स्तरमा पुगेपछि केही परिवारहरू मध्यरातमा घर छोडेर भाग्न बाध्य भएका थिए । हक्सबरी क्षेत्रमा थप चार हजार मानिस आइतवार थातथलो छोडेर हिँड्नुपर्ने हुन सक्ने राज्यका मुख्यमन्त्री ग्लाडिस बेरेजिक्लियनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्