३० जेठ २०८३, शनिबार

‘बालुवाटार-सिंहदरबारतिर घुम्ने भइएको थियो, सडकमा पुर्‍याइदिएपछि निकै शक्तिशाली महशुस भएको छ’

‘बालुवाटार-सिंहदरबारतिर घुम्ने भइएको थियो, सडकमा पुर्‍याइदिएपछि निकै शक्तिशाली महशुस भएको छ’
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमिएपछि आफू थप शक्तिशाली भएको महशुस गरेको दाबी गरेका छन् ।

जनताको अधिकार रक्षाका लागि जीवनभर नै लडिरहने पनि उनले बताए । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सडकमा जाँदा शक्तिशाली जस्तो महशुस भएको बताएका हुन् । 

‘मैले फेरि पनि धन्यवाद भनेको छु केपीजीलाई किनभने हामी त बालुवाटारवरिपरि, सिंहदरबारवरिपरि घुम्नेवाला भइएको थियो, उहाँले संसद् विघटन गरेर सडकमा पुर्‍याउनुभयो के । सडकमा जनता भएको ठाउँमा जाऊ भन्दिनुभयो के । हामीलाई फेरि दलिततिर, आदिवासी जनतातिर, मजदुर किसानतिर, नेपाली जनताको ठाउँमा लगेर फाल्दिनुभयो । उहाँले त हामीलाई सिध्याउन खोजेको हो । परिस्थिति के भयो भने फेरि हामी आफूमा लागेको धूलोमैलो टक्टक्याउँदै आफूमा फोहर भएको छ भने न्वाइध्वाइ गरेर फेरि जनताको मुद्दामा लगाई लड्ने ठाउँमा पुर्‍याइदिनुभयो,’ प्रचण्डले भने, ‘म त अहिले निकै शक्तिशाली भएको जस्तो लागेको छ, पुस ५ गतेपछि त । जनताको प्रतिनिधिका रूपमा लडाईं लड्ने अवसर प्राप्त भयो ।’

प्रचण्डले आफूले केपी ओलीसँग आत्मसमर्पण गरेर नगएको र आफैँले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेको दाबी गरे ।

‘आत्मसमर्पण गरेर एकता गरेको होइन नि, आलोपालो अध्यक्ष, आलोपालो प्रधानमन्त्रीमा सहमति गरेर एकता गरेको हो । पछि केपीले जब षड्यन्त्र गर्न लागे, पार्टीभित्र विधि तथा पद्धति बिगारेपछि विद्रोहको झण्डा कसले उठायो ? संसद् विघटन गरेपछि होइन नि १९ बुँदे पत्र,’ प्रचण्डले भने । 

उनले त्यो पत्र फेरि एकपटक बढ्न पनि सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्