०१ साउन २०८३, शुक्रबार

देउवाः हाँस्दै सिंहदरवार छिरे, रुँदै घरतिर लागे

कात्तिक २०, २०७४
देउवाः हाँस्दै सिंहदरवार छिरे, रुँदै घरतिर लागे

काठमाडौं, १० जेठ– शेरबहादुर देउवा जेठ अन्तिम सातासम्ममा चौथोपटक सत्तासीन हुने छाँटकाँट त देखिँदैछ तर बहिर्गमनचाहिँ कसरी हुने हो भन्न गाह्रो छ । यसअघि हरेकपटक यिनी प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले निस्किएको रेकर्ड छ ।

२०५२ भदौ १२ को सर्वोच्चको फैसलाबाट एमाले सरकार ढलेपछि ५४ वर्षको उमेरमा देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यो सरकार ०५३ पुसमा ढल्यो । मध्यपश्चिमका दुईजना ठकुरी सांसद हुम्लाका चक्रबहादुर शाही र जाजरकोटका दीपकजंग शाहीले भोट नहालेका कारण उनको सरकार बचेन ।

अर्को प्रकरणमा डोल्पाको सदरमुकाम दुनै हानेर हिँडेका माओवादी नेताहरुलाई घेरा हाल्दै गरेको सेना दरबारको ठाडो आदेशमा फिर्ता भयो । त्यसमा चित्त दुखाउँदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ साउन ४ गते राजीनामा दिए । त्यसपछि शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भए । ०५९ सालमा पार्टी फुटाएर जेठ ८ गते मध्यवधि चुनाव घोषणा गरे । त्यसका लागि असोजमा संविधानको धारा १२७ अनुसार बाधा–अड्काउ फुकाउ लगाएर सबै अधिकार राजालाई बुझाए ।

तिनै राजाले उनलाई अक्षम घोषणा गर्दै निकालिदिए । त्यसपटक पनि प्रवेश हर्षोल्लासपूर्ण तर निष्काशनचाहिँ दुःखद भयो । ०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि अप्रत्यासित रुपमा गोरखाको राजाबाट न्याय पाएँ भन्दै प्रतिगमन सच्चिएको घोषणासहित फेरि सरकारको नेतृत्व सम्हाल्न गए । ०६१ माघ १९ मा त अपदस्थ मात्र भएनन्, प्रधानमन्त्री पद खोसिएर महिनौंसम्म नजरबन्दमा समेत राखिए । तीनपटक प्रधानमन्त्ती भएर तीनपटक नै अपदस्थमा परे । अहिले पनि प्रचण्ड सहजरुपमा सत्तारोहण गराउँछु भनिरहेकै छन् तर अबको बर्हिगमनचाहिँ कसरी हुने हो, ठेगान छैन । जनआस्था साप्ताहिकबाट

salt training

कमेन्ट गर्नुहोस्