०४ असार २०८३, बिहीबार

मतगणना जारी रहेका तीन महानगर र एक उपमहानगरमा कसको अग्रता ?

कात्तिक २०, २०७४
मतगणना जारी रहेका तीन महानगर र एक उपमहानगरमा कसको अग्रता ?

काठमाडौं, १० जेठ– पहिलो चरण अन्तर्गत भएको स्थानीय तह मध्ये अधिकांश जसो स्थानको मतपरिणाम सार्वजनिक भएपनि तीन महानगरपालिका, एक उपमहानगरपालिका, एक स्थानीय तहको मतगणना जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका र  भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ भने हटौंडा उपमहानगरपालिका र दोलखाको पवटी गाउँपालिकामा एमालेले अग्रता बनाएको छ ।

काठमाडौंमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ हजार ४ सय १२ मतको फराकिलो अन्तर बनाएका छन् ।
उनले ४४ हजार ९ सय ८ मत ल्याएका छन्, भने कांग्रेसका उम्मेदवार राजुराज जोशी ३१ हजार ४ सय ९५ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले २८ हजार ७१ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले २५ हजार ४ सय १३ मत पाएकी छिन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलका मेयरका उम्मेदवारले ३८ हजार ५ सय ११ मत पाउँदा कांग्रेसले ३१ हजार ४९ मत पाएको छ ।

हटौंडा उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवारले २२ हजार ३७ मत पाउँदा कांग्रेस–माओवादी गठबन्धनले २१ हजार ४ सय ६८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्