०४ असार २०८३, बिहीबार

आमाछोरोको भेटको त्यो क्षण, धेरै बेर एकअर्कालाई हेरेर चुपचाप रहे

चैत ९, २०७७
आमाछोरोको भेटको त्यो क्षण, धेरै बेर एकअर्कालाई हेरेर चुपचाप रहे

इलामको माई नगरपालिका–१० लुम्बाकस्थित धनमाया तिम्सिनाको आँगन आइतबार स्थानीय बासिन्दा र सञ्चारकर्मीले भरिएको थियो। अपराह्न करिब पौने ४ मा शनिबार कोलकाताको दमदम जेलबाट छुटेका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आमालाई भेट्दै थिए ।

 करिब एक सय मिटरमाथिको कच्ची सडकबाट दुर्गाप्रसाद अप्ठेरो बाटो हुँदै तल झरे। सिकुवामा आमाको छेवैमा गएर बसे। घरीघरी आमातिर हेर्दै चुपचाप रहेका दुर्गाप्रसादले करिब एक घण्टासम्म कुनै शब्द निकालेनन्। ८५ वर्षीया धनमाया छोराको आगमनमा दंग थिइन् । कोलकाताबाट नै दुर्गाप्रसादको पक्षमा लड्ने न्यायाधीशले आमालाई खुवाउनु भनेर पठाएको रसवरी उनले आमालाई खुवाए ।

 जेलबाट छुटकारा दिलाउन कोलकातासम्मै पुगेका उनका ठूलोबुबाका छोरा प्रकाशचन्द्र पनि सँगै थिए । दुर्गाप्रसादलाई हेर्दै भावुक बनेकी धनमायाले प्रकाशचन्द्रलाई भनिन्, ‘दाजुलाई ल्याउँछु भन्थिस्, ल्याएरै छाडिस्  । माइलालाई पनि भाइको मुख हेर्ने ठूलो धोको थियो, अस्ति बित्यो।’ साइँला भाइ (दुर्गाप्रसाद) आउने व्यग्र प्रतीक्षामा रहेका केदारनाथको गत मंसिरमा मृत्यु भएको थियो। कान्तिपुरमा विस्तृतमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्