०६ असार २०८३, शनिबार

एनएमबि बैंकको क्यूआर कोडबाट गैडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी शुरू

एनएमबि बैंकको क्यूआर कोडबाट गैडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी शुरू

गैडाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रा.लि. द्वारा संचालित मिनी मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

उक्त कार्यक्रममा एनएमबि बैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज बास्तोलाले मन्तव्य राख्दै क्युआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागी नेपाल राष्ट्र बैंकले ल्याएको नीतिको वारेमा बोल्दै देशको कुनाकाप्चामा पनि यसवाट कारोवार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोवार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रा.लिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोबारले यसलाई कम गर्न सकिने बताएका थिए । 

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरीएको थियो ।

कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. ४ का वडासदस्य तेज प्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष हर्क बहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्