०६ असार २०८३, शनिबार

किर्ते कासमूको तीर डिआइजी सिलवालले जब वकिलतिर सोझ्याइदिए ...

कात्तिक २०, २०७४
किर्ते कासमूको तीर डिआइजी सिलवालले जब वकिलतिर सोझ्याइदिए ...


काठमाडौं, १० जेठ — वैशाख ११ गते डिआईजी नवराज सिलवालसँग नेपाल प्रहरीले लिएको वयान लोकान्तरलाई प्राप्त भएको छ । आईजीपी प्रकरणमा डिआईजी सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन (कासमू) फाइलका सम्बन्धमा प्रहरीले सिलवालसँग सोधपुछ गरेको थियो ।

पटक–पटक प्रहरी प्रधान कार्यालय उपस्थित हुन आग्रह गर्दा पनि नगएका सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर वयानमा उपस्थित गराएको थियो । प्रहरीले पक्राउ नभएर सोधपुछका लागि मात्रै प्रहरी प्रधान कार्यालयमा उपस्थित गराएको जनाएको थियो ।


तर, सर्वोच्च अदालतमा सोही दिन बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपछि अदालतले सिलवाललाई तत्काल रिहा गर्न आदेश गरेको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालयबाट विदा गर्नुअघि कासमूको बारेमा वयान लिएको देखिएको छ । सोही बयान लोकान्तरलाई प्राप्त भएको हो ।

सिलवाललाई वयानको क्रममा पटक –पटक कासमू कसरी प्राप्त भयो ?, कासमूको एउटै पानामा कसरी दुईथरी फन्ट प्रयोग भयो ? तत्कालिन डिआइजी प्रकाश अर्याल (हाल आइजी) को कासमूसँग सिलवालको फाइल कसरी मिल्यो ? लगायतका थुप्रै प्रश्न सोधिएको छ ।

तर, सिलवालले कुनै पनि प्रश्नको स्पष्ट जवाफ दिएका छैनन् । कासमूका विषयमा उनले आफ्ना कानून व्यसायीहरूले उक्त फाइल प्राप्त गरेको बताएपनि कसरी प्राप्त गरे भन्ने खुलाएका छैनन् । कासमू किर्ते गरेको सम्बन्धमा पनि उनले बोलेका छैनन् ।

उनले वयानको सुरुवातमै आफू आईजी काण्डले मानसिक रुपमा तनाबमा रहेको र विरामी परेकोले शारीरिक रुपमा पनि सिकिस्त भएको बताएका छन् ।

उनले मानसिक तथा शारीरिक रुपमा वयान दिन तयार हुनुहुन्छ कि हुनुहुँदैन भन्ने प्रश्नमा आफू तयार नभएको बताएका छन् ।

तर उनलाई प्रहरीले वयानचाहिँ लिएको देखिन्छ । प्रहरीले उनीसँग १८ वटा प्रश्न सोधेको छ । तर उनले प्रत्येक जवाफमा आफू मानसिक रुपमा जवाफका लागि तयार नभएको बताएका छन् ।

उनले पटक –पटक ‘वयानका लागि असर्मथता जनाइसकेको हुँ’ भनेका छन् । माथिनै भने बमोजिम वयानका लागि तयार छैन भनेर पनि उनले भनेका छन् ।

उनले सर्वोच्च अदालतमा कासमूको विषयमा गणना भइसकेको अवस्थामा सो विषयमा बोल्ने अवस्था नभएको समेत बताएका छन् । उनले अदालतमै तमाम विषयमा कुरा गर्ने समेत बताएका छन् ।

हेरौं प्रहरी प्रधान कार्यालय र डिआईजी सिलवालबीचको सवाल जवाफ जस्ताको तस्तै 











salt training

कमेन्ट गर्नुहोस्