०४ असार २०८३, बिहीबार

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

चैत ९, २०७७
शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान
प्रतिकात्मक तस्वीर

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । 

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिंकले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले १ दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।

निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्