×

NMB BANK
NIC ASIA

साँच्चै बढेको हो कोरोनाको जोखिम ? कसरी अपनाउने सावधानी ? – डा. रवीन्द्र पाण्डे

चैत ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मैले विगत ३ हप्तादेखि भारतमा फैलिएको कोरोना महामारीको अध्ययन गरिरहेको छु ।

Muktinath Bank

आज अर्थात मार्च २२ बिहान ९.४५ सम्मको तथ्यांक हेर्दा २४ घण्टामा भारतमा ४६  हजार ९५१  संक्रमितको पहिचान भएको छ भने २१२ जना व्यक्तिको मृत्यु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाराष्ट्रमा २४ घन्टामा ३० हजार ५  सय ३५ जना नयाँ थपिएका छन् । त्यस्तै केरलामा १८७५, कर्नाटकमा १७१५,तामिलनाडुमा १२८९ , छत्तिसगढमा १०००, मध्यप्रदेशमा १३२२ , गुजरातमा १५८० , पञ्जाबमा २६४४  तथा दिल्लीमा ८२३ , हरियानामा ८६७ , उत्तरप्रदेशमा ४८८, पश्चिम बङ्गालमा ४२२ लगायत प्रदेशमा दैनिक बढोत्तरी देखिएको छ ।


Advertisment
Nabil box
Kumari

भारतीय सञ्चार माध्यमका अनुसार परीक्षण नगरेको जनसंख्या अत्यन्त धेरै भएकोले संक्रमितको संख्या निकै धेरै छ । भारतका धेरै सहरमा लकडाउन तथा रात्रिकालीन कर्फ्यु लगाइएको छ भने परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचारका लागि धेरै कदम चालिएको छ । भारतमा खोप केन्द्रको विस्तार तथा महामारी फैलिएका राज्यमा व्यापक भ्याक्सिनेसन गरिँदैछ ।

Vianet communication
Laxmi Bank

भारतका स्वास्थ्यविज्ञका अनुसार त्यहाँ फैलिएको कोरोनाको दोस्रो लहर बेलायतको नयाँ प्रजाति मुख्य रहेको तथा अफ्रिका, ब्राजिल आदि देशको घातक प्रजाति पनि रहेको हुनसक्ने बताएका छन् । यी घातक प्रजातिले पहिले संक्रमण भएर निको भएका वा खोप लगाएका व्यक्तिलाई पनि जोखिमयुक्त हुने चिन्ता व्यक्त गरेका छन् ।

भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिने क्रमसँगै नेपाल फर्किने नेपालीको संख्या बढिरहेको छ । यो संख्या दिनप्रतिदिन बढ्नेछ । सरकारले सीमा नाकामा सबै जनाको र्‍यापिड एन्टिजेन टेस्ट, पीसीआर टेस्ट लगायत परीक्षण गर्ने, सुविधासम्पन्न क्वारेन्टीनमा राख्ने, संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने लगायतका आधारभूत विषयको तयारी आजदेखि नै थाल्नुपर्दछ । विगतबाट हामीले पाठ सिक्नु पर्दछ ।

- नेपाल – भारत सिधा सञ्चालन हुने बससेवा तथा हवाइसेवामा विशेष निगरानी तथा परीक्षण गर्नुपर्दछ ।

- होलीको समयमा भारत जाने यहाँ अवस्थित भारतीय कामदारको आवतजावत सुरक्षित एवं व्यवस्थित गर्नुपर्दछ ।

- सरकारले सीमा इलाकामा परीक्षणको दायरा बढाउनुपर्दछ ।

- जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु / गराउनु पर्दछ ।

- सभा, सम्मेलन, प्रदर्शन लगायत भीडभाडलाई रोक्नुपर्दछ ।

- गत वर्ष डरका कारण आम नागरिक घरभित्र बसेका थिए । तर अहिले डर हटेको छ । महामारीको समयमा आफू, आफ्नो परिवार र समाजलाई बचाउनु हरेक नागरिकको कर्तव्य हो । यसमा हामीले लापरबाही गर्नु हुँदैन ।

- सरकारले भारतसँग विविध च्यानलमार्फत बाँकी १० लाख कोभिशिल्ड खोप तथा भारतमा बनेको कोभ्याक्सिन ल्याउन पहल गर्नुपर्दछ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत आउने खोप, चीनले दिने भनेको खोप तथा अन्य खोप उत्पादक देशबाट खोप ल्याउनु जरुरी छ ।

- जेष्ठ नागरिक, दीर्घबिरामी तथा अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई खोप समयमै दिएमा मृत्युदर घटाउन सकिन्छ ।

- प्रभावकारी जनचेतना प्रचार / प्रसार, सीमानाकामा कडाइ, जनस्वास्थ्यका मापदण्डको अनुगमन र निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने संयन्त्र तयार गर्नुपर्दछ ।

वुहानबाट युरोप, अमेरिका, अरब, भारत हुँदै आएको महामारीले हामीलाई १ वर्ष बन्दी बनायो भने यो त हाम्रो खुला सिमाना भएको छिमेकमा आएको महामारी हो । सबै निकायले विषयको गम्भीरता बुझेर तदनुरूप आफ्ना कार्य सम्पादन गर्नु जरुरी छ । त्यति मात्र हैन युरोप, अफ्रिका आदि देशबाट आउने हरेक यात्रीको परीक्षण गरेर मात्र क्वारेन्टीन वा समुदायमा पठाउनु पर्दछ ।

हामी कोरोना महामारीबाट भुक्तभोगी भएका छौं । अनुभवी भएका छौं । त्यो अनुभवका कारण ठूलो क्षति नहुन सक्छ । हाम्रो अर्थतन्त्रले लकडाउन / कर्फ्यु थेग्न सक्दैन । तसर्थ हामीले आफ्नो बानी व्यवहारलाई जनस्वास्थ्यमैत्री बनाउनु जरुरी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x