१२ साउन २०८३, मंगलबार

बलिउडमा डेब्यू गर्दै सञ्जय कपूरकी छोरी शनाया, करण जोहरले शेयर गरे गज्जब भिडियो [भिडियोसहित]

बलिउडमा डेब्यू गर्दै सञ्जय कपूरकी छोरी शनाया, करण जोहरले शेयर गरे गज्जब भिडियो [भिडियोसहित]

सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा लागेकी छन् ।

बलिउड स्टारका छोराछोरी फिल्म इन्डस्ट्रिजमा आउने शिलशिलामा एउटा इँटा थप्दै शनायाले डेब्यू गर्न लागेकी हुन् ।

उनलाई करण जोहरले आफ्नो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा रिलिज गर्न लागेका छन् ।

करणले भिडियो शेयर गर्दै लेखेका छन्- 'हाम्रो फ्यामिलीमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया कपूर ।'

शनायाले डेब्यु गर्ने फिल्मको प्रोडक्सन जुलाईबाट शुरू हुने करणले जानकारी गराएका छन् ।

भिडियोमा शनाया विभिन्न पोजमा देखिएकी छन् ।

शनायाले पनि यस भिडियोलाई आफ्नो सोशल मिडिया पेजमा शेयर गरेकी छन् ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्