१७ असार २०८३, बुधबार

रोनाल्डोले महानतम खेलाडीको जर्सी पाएकै दिन हार्‍यो युभेन्टस

चैत ९, २०७७
रोनाल्डोले महानतम खेलाडीको जर्सी पाएकै दिन हार्‍यो युभेन्टस

पाँचपटक बालून दोर पुरस्कार जितेका क्रिस्चियानो रोनाल्डोलाई आइतवार महानतम खेलाडी (गोट) को जर्सी दिइएको छ ।

तर जर्सी पाएकै दिन उनको टीम युभेन्टसलाई गृहमैदानमै पुछारतिरको क्लब बेनेभेन्तोले १–० ले हराएको छ । बेनेभेन्तो १६औं स्थानमा छ ।

खेलअघि रोनाल्डोलाई क्लब अध्यक्ष आन्द्रिया आग्नेलीले गोट र ७७० लेखिएको जर्सी दिएका थिए । ७७० गोल गरी उनले पेलेको कीर्तिमान भंग गरेका हुन् । 
 

बेनेभेन्तोसँग हारेपछि युभेन्टस अग्रस्थानमा रहेको इन्टर मिलानभन्दा १० अंक पछाडि परेको छ । युभेन्टसले यस सीजनमा उपाधि जित्ने सम्भावना न्यून बन्दै गएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्