०२ असार २०८३, मंगलबार

एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित

चैत ९, २०७७
एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित
प्रतिकात्मक तस्वीर

शनिवार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडीएसएल सेवाले काम नगर्दा इन्टरनेट सेवा प्रभावित भएको छ ।

एडीएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ ।

दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडीएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।

इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित १ दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ । 

राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिवार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिवार साँझदेखि काम गर्न छोडेको नमस्ते टेलिफोन सेवा आइतवारबाट सञ्चालनमा आएको भए पनि राम्रोसँग काम गर्न सकिरहेको छैन । महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्