१० साउन २०८३, आइतबार

१५० यात्रु सवार विमान रनवेबाट चिप्लियो, १५ जना घाइते

कात्तिक २०, २०७४
१५० यात्रु सवार विमान रनवेबाट चिप्लियो, १५ जना घाइते
काठमाडौं, १२ पुस — भारतको गोवामा १५० यात्रु सवार एक यात्रुवाहक विमान रनवेबाट चिप्लिएपछि कम्तीमा १५ यात्रु घाइते भएका छन् ।


गोवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेको विमान रनवेबाट चिप्लिएपछि यात्रुहरूलाई उद्धार गर्ने क्रममा उनीहरू घाइते भएका थिए ।

घटना बिहान सबा पाँच भएको थियो । दुबईबाट मुम्बई जान लागेको जेट एयरवेजको विमान गोवाको दाबोलिम विमानस्थलमा केही समय रोकिएपछि उड्न तयार थियो । उडान हुन नसकेपछि विमान ३६० डिग्री घुमेको थियो ।

‘सबै यात्रु र विमान कर्मचारीहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ,’ जेट एयरवेजले जनायो, ‘केही यात्रुलाई उद्धारका क्रममा चोट लागेको छ र उपचार चल्दैछ ।’

विमानको ल्यान्डिङ गियर ध्वस्त भएपछि विमान हिलोमा गाडिएको थियो ।

घटनाको जाँचको आदेश दिइएको छ ।

सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्