०१ असार २०८३, सोमबार
अन्तर्वार्ता

सडक फराकिलो बन्यो तर सुरक्षाका पूर्वाधार नबन्दा दुर्घटना रोकिएन– ट्राफिक प्रमुख भट्टराई [अन्तर्वार्ता]

चैत ९, २०७७
सडक फराकिलो बन्यो तर सुरक्षाका पूर्वाधार नबन्दा दुर्घटना रोकिएन– ट्राफिक प्रमुख भट्टराई [अन्तर्वार्ता]

राजधानी काठमाडौं उपत्यकामा सडक फराकिलो हुँदाहुँदै पनि सुरक्षका लागि आवश्यक पूर्वाधारको अभावमा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।

‘उपत्यकाका कोटेश्वर लगायतका क्षेत्रमा फराकिला सडक त छन्, तर रोड फर्निचरहरू (रेलिङ, लेन मार्कर, जेब्राक्रसिङ आदि) नहुँदा पैदल यात्रु दुर्घटनामा परेको देखिन्छ,’ लोकान्तर डट्कम तथा लोकान्तर टीभीका लागि दिएको अन्तर्वार्तामा एसएसपी भट्टराईले भने, ‘सडक भएर मात्र हुँदैन, त्यसमा थप पूर्वाधारहरू पनि विकास गर्नुपर्ने हुन्छ, त्यो छैन ।’

दुर्घटना बढ्नुको कारण आवश्यक पूर्वाधार नहुनु र भएका पूर्वाधारको प्रयोग तथा अनुशासन पालना नगर्नु पनि रहेको उनको भनाइ छ । आकाशे पुलको प्रयोग नगर्दा र लेन अनुशासन पालना नगर्दा पनि दुर्घटना हुने गरेको उनी बताउँछन् ।

महाशाखाले सडकमा ‘प्लास्टिक कोन’ राख्न थालेपछि दुर्घटना कम भएको एसएसपी भट्टराईले दाबी गरे ।

‘हामीले कोटेश्वर–कलंकीलगायत स्पीडमा सवारी कुद्ने ठाउँमा कोन राख्न थालेपछि दुर्घटनामा कमी आएको छ,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने, ‘कोन राखेपछिको ३ महिनामा दुर्घटना निकै कम भएको छ ।’

महाशाखाले सवारीको गति बढी हुने ठाउँमा जिकज्याक बनाएर कोन राखेको छ भने पैदल यात्रुले सडक पारे गर्ने ठाउँमा सुरक्षित हुने हिसाबले कोन राखेको छ । 

महाशाखासँग भएको गति नाप्ने यन्त्र ‘राडर गन’ दिउँसोमा स्वयम्भु, कोटेश्वर, कलंकी लगायतका ठाउँमा प्रयोग भएको र त्यसबाट उच्च गतिमा सवारी कुदाउने चालकलाई कारवाहीको दायरामा ल्याएको एसएसपी भट्टराईले बताए । 
सडक विस्तार गर्दै फराकिलो बनाइएपनि सडकमै पार्किङ बनाउँदा समस्या भएको महाशाखाले जनाएको छ । 

‘सडक ठूला भएर मात्रै उपत्यकाको जाम कम हुने होइन, यहाँ सडकमा पार्किङ बनाउँदा समस्या भएको छ,’ उनले भने, ‘यसलाई महानरपालिकाले व्यवस्थापन गर्ने हो, त्यसका लागि हामीले समय–समयमा पहल गरिराखका छौं ।’

हेर्नुहोस्, ट्राफिक प्रहरी प्रमुख एसएसपी भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :

फोटो/भिडियो : विश्वास खनाल/लोकान्तर

salt training

कमेन्ट गर्नुहोस्