०४ असार २०८३, बिहीबार

थप १५० जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

थप १५० जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७२ हजार २० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९९ संक्रमित निको भएका छन् ।

सोमवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्