०६ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकको सहयोगमा ट्राफिक लाइट जडान

माछापुच्छ्रे बैंकको सहयोगमा ट्राफिक लाइट जडान

माछापुच्छ्रे बैंक लि.ले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्धेश्यले काठमाडौंको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ । 

सोमवार एक कार्यक्रमकाबीच माछापुच्छ्रे बैंकका संचालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईलाई  हस्तान्तरण गरे । 

सवारी आवागमनलाई सुरक्षित एवं व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारी साधनको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको हो । 

उक्त ट्राफिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक लाइट हस्तान्तरण गरेको बताए ।

सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाइटले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्