१२ असार २०८३, शुक्रबार

चीनको उहानबाट फर्केका डेढ सय विद्यार्थीको भविष्य अन्योलमा, थाले धर्ना

चैत १०, २०७७
चीनको उहानबाट फर्केका डेढ सय विद्यार्थीको भविष्य अन्योलमा, थाले धर्ना

कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परका छन् े । चीन फर्कने ग्यारेन्टी नभएकाले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
विभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् । ‘मेरो ४ महिना मात्र इन्टर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासले कहिले चीन बोलाउँछन्, थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाइ पूरा गररे काम थाल्नुपर्ने बेला अनिश्चित भएर बस्नुपरेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्म इन्टर्नसिप अवधि बाँकी भएका छात्रछात्रा बिचल्लीमा परेका छन् । गत वर्ष चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी फागुनमा स्वदेश फर्किएका थिए । एमबीबीएस पढाइको अन्तिम एक वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्