१० असार २०८३, बुधबार

सरकारसँग विप्लव समूह असन्तुष्ट

चैत १०, २०७७
सरकारसँग विप्लव समूह असन्तुष्ट

नेत्रविक्रम चन्द विप्लव समूहले थुनामा रहेका आफ्ना नेता– कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो।

प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन्। अदालतको आदेशमा पुर्पक्षका क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन्। प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छ । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पु¥याएर सहमतिअनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्