
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणपत्र बुझेपछि खनाल–नेपाल समूहका नेताहरूले स्पष्टीकरण सोध्ने पक्षलाई ‘प्रतिस्पष्टीकरणपत्र’ पठाउने निधो गरेका छन् । सोमबार साँझ खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक बानेश्वरमा बसेको थियो।
स्थायी कमिटी सदस्य वेदुराम भुसालले स्पष्टीकरणपत्रको संगति नै नमिलेकाले त्यसको जवाफमा प्रतिस्पष्टीकरण सोध्ने बताए । ‘स्पष्टीकरणपत्र भनिएको पत्रको सुरुवातदेखि नै नचाहिने कुरा गरिएको छ, नेताहरूलाई आयोजक कमिटीको सदस्य भनेर सम्बोधन गरिएको छ, जुन आयोजक कमिटीमा हामी छैनौं,’ भुसालले भने, ‘पार्टी विधानले आयोजक कमिटी बनाउने अनुमति दिएको छैन । यस्तो बदमासी किन गरेको भनेर ओलीलाई स्पष्टीकरणपत्र पठाउने निर्णय भएको छ ।’
पार्टी महासचिव पोखेरललेपठाएकोपत्रमा चारैजना नेताहरूलाई दसौं महाधिवेशन आयोजक कमिटीको सदस्य भनेर सम्बोधन गरिएको छ । गत ७ गते बालुवाटारमा बसेको ओली पक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेर त्यसलाई आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। कान्तिपुरमा खबर छ ।