३२ असार २०८३, बिहीबार

मतगणनास्थल जाँदै गर्दा कांग्रेस कास्कीका उपसभापतिलाई ‘हर्टअट्याक’

कात्तिक २०, २०७४
मतगणनास्थल जाँदै गर्दा कांग्रेस कास्कीका उपसभापतिलाई ‘हर्टअट्याक’

पोखरा १० जेठ- नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातका कारण निधन भएको छ ।

पोखरा ११ काँहु निवासी ४४ वषीय आचार्यको बुधवार विहान निधन भएको हो । विहान १० बजे पोखरा लेखानाथ महानगरको मतगणना स्थल जानका लागि गाडी कुर्दै गर्दा उनी बेहोस भएका थिए । केही दिन देखि अस्वस्थ्य रहेका आचार्य चुनाव प्रचार–प्रसारमा नियममित खिटिएका थिए । कास्की कांग्रेसका सचिव रामराज लामिछानेले भने‘ विहान उहाँसँग मेरो कुरा भएको थियो, विरामी छु, तर पनि मतगणना स्थलमा जान्छु भन्दै हुनुहुथ्यो, अचानक यस्तो घटना भयो ।’

बेहोस भएसँगै उपचारको लागि मणिपाल शिक्षण अस्पताल लैजादै गर्दा उनको निधन भएको नेपाली कांग्रेस कास्कीका नेता युवराज कुवरले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्