भीरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलवार बिहान ८ः३० बजे विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भीरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।