०२ असार २०८३, मंगलबार

ट्याक्सी र पठायो–टुटल विवाद : सुरक्षामा असर पर्ने काम गरे प्रहरीले पक्राउ गर्ने

ट्याक्सी र पठायो–टुटल विवाद : सुरक्षामा असर पर्ने काम गरे प्रहरीले पक्राउ गर्ने

ट्याक्सी र टुटल–पठायोबीच विवाद हुँदा प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । 

सोमवार नयाँ बसपार्कमा यात्रुको विषयलाई लिएर विवाद भएपछि ७ जनालाई पक्राउ गरेर समझदारी कागज गरेर महानगरीय प्रहरी परिसरले छाडेको थियो ।

तर त्यो विवाद फेरि बल्झिएपछि टुटल–पठायोमा आवद्ध भई विवादमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । 

‘उनीहरूले जथाभावी पार्किङ गर्ने, झगडा गर्ने खालका गतिविधि बढ्दै गएकाले उनीहरूलाई कारवाही गर्ने तयारी छ,’ स्रोतले लोकान्तरसँग भन्यो । 

महानरीय प्रहरी कार्यालयका आयुक्त एआईजी हरीबहादुर पालका अनुसार ट्याक्सी वा टुटल/पठायो जो भए पनि समाजमा खलल पुर्‍याउने खालका गतिविधि गरेको खण्डमा कसैलाई पनि छाडिँदैन ।

‘समाजमा अराजकता गर्ने जो कोहीलाई पनि हामी कानूनको दायरामा ल्याउँछौं,’ पालले लोकान्तरसँग भने, ‘केही विवाद भए टुंग्याउनका लागि कानूनी निकायहरू छन् ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ट्याक्सीले पार्किङ गरिराखेको ठाउँमा पठायो चालकका केही समूह आएर विवाद गर्न खोजेपछि पक्राउ गरेर मिलापत्र गरिएको छ ।

‘काठमाडौंको शान्ति सुरक्षालाई असर पर्ने खालका कुनै पनि गतिविधि गर्नेलाई हामीले छाड्दैनौं,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘आज पनि त्यस्तो गतिविधि गरे पक्राउ गर्छाैं ।’

salt training

कमेन्ट गर्नुहोस्