२१ जेठ २०८३, बिहीबार

सर्कसमा हात्तीहरूको भिडन्त भएपछि दर्शकको भागाभाग (भिडियो)

बैशाख २६, २०७८
सर्कसमा हात्तीहरूको भिडन्त भएपछि दर्शकको भागाभाग (भिडियो)

रुसको काजान शहरमा एक सर्कसमा दुईवटा प्रशिक्षित हात्तीहरूबीच भिडन्त हुँदा दर्शकहरूको भागाभाग भएको छ । 
 

प्रशिक्षकहरूले यो प्रभुत्वका लागि गरिएको संघर्ष भनेका छन् । 
 

अन्लाइनमा आएको भिडियो फूटेजमा एउटा हात्तीले अर्कोलाई धकेलेर लडाइदिएको अनि पर्खाल भत्किएको र दर्शकहरू ढोकातिर भागेको देखिन्छ । 
 

काजान राज्य सर्कसका एक प्रवक्ताले कसैलाई पनि चोटपटक नलागेको र दुई हात्तीलाई छुट्ट्याइएको जानकारी सञ्चारकर्मीहरूलाई दिएका छन् । 

एक प्रशिक्षकका अनुसार, ती दुवै पोथी हात्ती अर्थात् ढोइ हुन् र उनीहरूबीच प्रभुत्वको लडाइँ चलेको हो । रुसमा ढोइ मात्र पाइने उनले बताए । 
 

पशुअधिकारवादीहरूले सर्कसमा जनावरहरूको उपयोगका विषयमा आपत्ति जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्