
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यसपालिको होली पर्व नखेल्न आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले मंगलवार जारी गरेको आदेशको १ नम्बर बुँदामा लेखिएको छ, ‘निकट रहेको फागू पूर्णिमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने ।’
गृह मन्त्रालयको चैत ८ गतेको पत्रका आधारमा जारी गरिएको आदेश मंगलवार राति १२ बजेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि लागू हुने जनाइएको छ ।
कञ्चनपुर जिल्लामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट मात्रै नेपाल–भारत आवतजावत गर्न पाइने र स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्ने आदेशमा उल्लेख छ ।
यस्तो छ आदेशको पूर्णपाठ –
