२५ जेठ २०८३, सोमबार

जिल्ला अदालतबाट बलात्कारीलाई ७ वर्ष कैद

चैत १०, २०७७
जिल्ला अदालतबाट बलात्कारीलाई ७ वर्ष कैद
प्रतिकात्मक तस्वीर

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई ७ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई ७ वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो । 

अदालतले पीडितलाई १ लाख क्षतिपूर्ति र १ हजार ३०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए ।

युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्