०४ असार २०८३, बिहीबार

उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दावी

चैत ११, २०७७
उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दावी

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने । कारोबार दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्