
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का १ सय ४५ संक्रमित थपिएका छन् ।
यससँगै सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ९० जना निको भएर डिस्चार्ज भएका छन् ।
मृतकको कुल संख्या ३ हजार २० पुग्दा निको हुनेको संख्या २ लाख ७२ हजार १ सय ८७ पुगेको छ ।
हालसम्म २ लाख ७६ हजार ३ सय ८९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।