०१ असार २०८३, सोमबार

१ नम्बर प्रदेशमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि

चैत ११, २०७७
१ नम्बर प्रदेशमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि

१ नम्बर प्रदेशमा गत २४ घण्टाको अवधिमा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ३२२ जनाको पीसीआर परीक्षण गरिएकामध्ये ७ पुरुष र ६ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
    
संक्रमित हुनेमा सुनसरीको विराटनगरका महानगरपालिका–१० इनरुवाका २ र धरानमा १ पुरुषमा रहेका छन् ।

प्रदेशमा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् । 
    
प्रदेशमा ४४ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये हालसम्म ४६६ जनाको मृत्यु भएकोे छ ।

प्रदेशमा कोभिड–१९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ जनालाई लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्