०१ असार २०८३, सोमबार

भारतमा कोरोना बढेपछि स्वदेश फर्किने नेपालीको लर्काे, सामूहिक होली खेल्न रोक

भारतमा कोरोना बढेपछि स्वदेश फर्किने नेपालीको लर्काे, सामूहिक होली खेल्न रोक

कोभिड संक्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको बताउँदै भीडभाड गरेर होली नमनाउन आग्रह गरेका हुन् ।

‘पछिल्लो ४–५ दिनको अवधिमा भारतबाट आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ,’ रिजालले भने, ‘त्यसैले यस वर्ष भीडभाड गरेर होली नबनाउन आग्रह गरेका हौं ।’

फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । कोरोना भाइरसको प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सीमानाका कारण मानिसको आवतजावत बढिरहेकाले कैलालीमा समेत जोखिम छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कैलालीमा भेला हुन, जात्रा, पर्व, भीडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भीडभाड गर्न रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गरेका छन् ।

प्रशासनले बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टीन, आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्